no comments

दशैंका लागि पोखरामा आयो यामाहाको ३ नयाँ मोडल

पोखरा, २५ असोज / यामाहाको अधिकृत विक्रेता पोखराको नयाबजारमा रहेको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिले नेपालीको महान चाँड बडादशैंको अवसरमा यामाहाको थप ३ नया मोडल पोखरा भित्राएको छ । भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालि नयाबजारले दशैंको अवसरमा ट्रायल बाईक (एक्सटिजेड १५० सिसी) र स्कुटरमा थप दुई नया मोडल भित्राएको हो । एफआई ईञ्जिनको सो बाईक युवा पुस्ताको लागि उपयुक्त छ ।

स्कुटरमा यामाहाको रे जेडआर डिसब्रेक र ड्रमब्रेक बिक्रीका लागि राखिएको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए । नया भित्रिएको यामाहाको रे जेडआर डिसब्रेक र ड्रमब्रेकमा एफआई ईञ्जिन (फ्यूल ईन्जेक्टर) रहेको श्रेष्ठले बताए । एफआई ईञ्जिन भएको यस स्कुटर अटो सेन्सरबाट स्टार्ट हुन्छ, उनले भने,‘यसमा स्मार्ट मोटर जेनेरेटर भएकाले एकै सर्टमा स्कुटर स्टार्ट हुन्छ ।’ यसमा ५० किलोकिटर माईलेजका साथै पिकअप पनि राम्रो भएको उनले बताए ।

यो स्कुटरको अर्को विशेषता भनेको बाईक चल्दाचल्दै जाममा परेर वा कुनैपनि बेला ५ सेकेण्ड भन्दा बढी रोकिने वित्तिकै अटोमेटिक रुपमा अफ हुन्छ र फेरि अगाडि बढ्दा स्टार्ट नगरी एक्सीलेटर मात्र बटार्दा चल्छ । अटो अफ हुने अप्सन भएकाले ट्राफिक जामभरी रोकिएर बस्दापनि स्टार्ट गरिरहँदा हुने तेलको बचतसँगै प्रदुषणपनि घटाउँछ । स्कुटरमा साइड स्ट्याण्ड कटअफ सिस्टम भएकाले स्ट्याण्ड अफ नभएसम्म स्कुटर नै स्टार्ट नहुने हुनाले दुर्घट्नाको जोखिमपनि नहुने उनले बताए ।

बि.एफ सिक्स (युरो सिक्स) मोडलको स्कुटर युरो सिक्स स्टाण्डर्डको हो । स्कुटर अल्ट्रालाईट वेटको भएकाले यसको वेट केवल ९९ केजीको मात्र हुने प्रबन्धक श्रेष्ठले बताए । बाईकमा मोवाइल चार्जरपनि भएकाले यो सबैका लागि उपयुक्त हुने विश्वास गरिएको उनले बताए ।

यामाहाले दशैंको विशेष छुट अफरपनि दिन शुरु गरेको छ । यामाहाको जुनसुकै बाईक खरिदमा ६ हजारदेखि ८ हजारसम्म क्यास डिस्काउन्टसँगै एक्सचेञ्ज अफर पनि रहेको र एक्सचेञ्चमा पुरानो बाईकको भ्यालुएसनमा १५ हजार थपेर दिईने श्रेष्ठले बताए । रे जेडआर एफआई स्कुटर टेस्टड्राईभ गरेमात्रपनि ग्राहकले निःशुल्क एन्९५ मास्कसँगै सेनिटाईजर र क्यूट ब्यागसमेत उपहार दिईने उनले जानकारी दिए । साथै बाईकमा फाईनान्सकोसमेत सुविधा रहेको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese