no comments

फेरी बढ्यो पेट्रोलको मूल्य

काठमाडौं, १६ भदौ / नेपाल आयल निगमले मंगलबार राति देखी पेट्रोलको मूल्य बढाएको छ ।

निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो । मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने छ ।

निगमले अंग्रेजी महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ । इण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese