no comments

पोखरामा २६ लेखनाथ कालिज सँगै कुनो रेष्टुरेण्ट

पोखरा, १० भदौ / पछिल्लो समय युवाहरु कृषि तर्फ आर्कषण बढेको छ । पोखराका आसपासमा युवाहरु विभिन्न कृषि फार्म सञ्चालन गरेर आर्यआर्ज बढाउन थालेका छन् । पोखरा २६ लेखनाथमा रहेको कुनो एकिकृत कृषि फार्मल कालिज पालन गरेको छन् ।

करिब एक वर्षअघि पोखरा महानगरपालिका वडा नम्बर ४ का प्रकाश कोइराला र कविन्द्र कोइरालाले कृषि फार्मको स्थापना गरे काम थालेका थिए । कुनो एकिकृत कालिज फार्म २२ रोपनी जग्गामा फैलिएको छ ।

४ सय ५० कालिजबाट शुरु भएको फार्ममा अहिले चल्ला र ठुला गरेर २ हजार बढि छन् । लकडाउन कै समयमा देशका विभिन्न ठाउँमा करिब ७ हजार चल्ला विक्रि वितरण गरेका सञ्चालक मध्येका एक प्रकाश कोइरालाले बताए । उनले चल्ला उत्पादनलाई जोड्दिने बताए ।

कुनो रेष्टुरेण्ट

कुनो रेष्टुरेण्ट

उनले अहिले कालिजको माग बढी भएपनि माग अनुसारको उत्पादन नभएको बताए । उनले कालिजको ४ हजार र चल्लाको १ हजार ५ सयको दरमा विक्रि हुने गरेको बताए । भाले कालिज जिउँदो करिब दुई केजी हुने र पोथी कालिज भने चल्ला उत्पादनको लागि अण्डा उत्पादन गर्दै आएको बताए ।

उनले कालिज सँगै अस्टिज पनि पाल्न थालेका छन् । उनले अहिले सम्म करिब १ करोड ५० लाख खर्च भईसकेको बताए । उनले नेपाल सरकारबाट कानुन अनुसार कालिज पालन तथा बिक्री वितरण गर्दै आएको बताए । कालिजको सुरक्षाका लागि फार्मको वरिपरि ‘इल्कट्रिक फेज’ राखिएको छ । जसलाई छुनेबित्तिकै सेन्सर बोर्ड बज्छ ।

हल्का झडका लाग्ने करेण्ट पास गरिएको छ । दिनरात कर्मचारीलाइ खटाइन्छ । भविष्यमा सम्पूर्ण माग सम्बोधन गर्ने लक्ष्य रहेको प्रकाशले बताए । गुँदे तालको किनारमा रहेको उक्त फार्ममा रेष्टुरेण्ट समेत चालएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese