no comments

रेनो ‘किगर’सार्वजनिके, यस्ता छन् विशेषता

नयाँ दिल्ली, १७ माघ / रेनोले भारतमा नयाँ एसयूभी किगर सार्वजनिक गरेको छ । यसलाई फ्रान्स र भारतको कर्पोरेट डिजाइन टिमले तयार गरेर सार्वजनीक गरेको हो ।

रेनो ग्रुपको यो तेस्रो ग्लोबल गाडी भएको भारतीय संचार माध्यमले जनाएको छ । रेनो किगर ६ वटा रङ्गमा उपलब्ध छ । यसमा १.० लिटरको इन्जिन छ, जसले ९९ बिपिएच पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

किगरमा ५ स्पिड म्यानुअल ट्रान्समिसन र अटोम्याटिक ट्रान्समिसनको विकल्प छन् । यसमा मल्टी ड्राइभ मोड फिचर छ, जसको मद्दतले इको, नर्मल र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ ।

गाडी भित्र वायरलेस स्मार्टफोन चार्जर, वायरलेस स्मार्टफोन रेप्लीकेशन, एयर फिल्टर, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सर्पोट गर्ने २०.३२ सेनमिटरको फ्लोटिङ टच स्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्च इन्ट्रुमेन्ट क्लस्टर, फ्लोटिङ रुफटप, ३ डी साउन्ड सिस्टम, स्टेरिङ माउन्टेड कन्ट्रोल, कि लेस इन्ट्री, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्जिनेशन लगायतका फिचर्स छन् ।

किगरमा २०५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स, क्रोम फ्रन्ट ग्रिल, एलइडी डे टाइम रनिङ लाइट, प्योर भिजन एलइडी हेडल्याम्प, सि सेप सिग्नेचर एलइडी टेल ल्याम्प, डायमन्ड कट अलोय ह्विल, लगायतका विशेषता छन् ।

कम्पनीले भारतमा यसको मूल्य ५ लाख ५० हजार देखि ९ लाख ५० हजार निर्धारण गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese