no comments

सञ्चालनको पहिलो वर्षमै होटल लेक सोरलाई ट्राभलर्स च्वाइस अवार्ड

पोखरा, ७ भदौ / पोखराको लेकसाइडमा रहेको होटल लेक सोर पोखराले सञ्चालनको पहिलो वर्षमै ट्राभलर्स च्वाइस अवार्ड प्राप्त गर्न सफल भएको छ । प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले सन् २०२० का लागि होटल लेक अवार्ड प्रदान गरेको हो ।

सानो क्षेत्रफलमा चिटिक्क परेको होटलको सुविधा तथा आतिथ्यताबाट पर्यटकलाई आकर्षित गर्न सफल भएको होटलले सञ्चालक चिरञ्जीवि पोख्ररेले बताए । उनले सञ्चालनको पहिलो वर्षमा नै अर्वाड जित्न सफल भएको खुशी लागेको बताए ।

बुकिङ डटकमको रेटिङमा ९ दशमलव ३ प्राप्त गरेको उनले बताए । होटलमा १८ वटा डिलक्स रुम रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गरेकै कारण अवार्ड पाउन सफल भएको उनको भनाई छ ।

उनले अवार्डले हौसला बढाएको बताउदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese