no comments

पोखराको सिमलचौरमा १० करोड लगानीमा सेभेन स्टार फुड एण्ड मार्ट

पोखरा, ७ फागुन/ पोखरा ८ सिमलचौरमा सेभेन स्टार फुड एण्ड मार्ट सञ्चालनमा आएको छ । लकडाउनका बेलामा नै संरचनामा निमार्ण गरेर फुड एण्ड मार्ट सञ्चालन गरेको हो ।

सात जना युवाहरु मिलेर करिब १० करोडको लागतमा मार्ट सञ्चालनमा आएको हो । मार्टमा दैनिक उपभोग्य सामग्री पाइन्छ भने । पहिलो तलामा रहेको रेष्टुरेण्टमा खानाका परिकारहरु पाइन्छ ।

रेष्टुरेण्टमा १ सय २० जनाको क्षमता रहेको छ । पारिवारीक वातावरणमा रेष्टरेण्टमा विभिन्न परिकारको स्वाद लिन पाइने सञ्चालक राजु भुगाईले जानकारी दिए । मार्टमा अहिले दैनिक उपभोग्य सामग्रीलाई प्रथामिकता दिएको उनले बताए ।

केही समय पछि तरकारी, फलफुल र मासुको पनि विक्रिवितरण गर्ने बताए । युवाहर राजु भगाई, कृष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सुर्यराज घिमिरेले सञ्चालनमा ल्याएका हुन् ।

सामग्रीहरु अनलाइनबाटै पनि अर्डर गर्न सकिने भगाईले जानकारी दिए । उनले ३५ जनाले रोजगारी पाउने बताए । मार्टको गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese