no comments

साउन १५ देखि होमस्टे सुचारु गर्न भिटोफको अनुरोध

पोेखरा /  गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले प्रदेशभित्र भएका सामुदायिक होम स्टेहरुलाई साउन १५ गतेदेखि संचालन गर्न अनुरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ हाल विश्व भरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९ ) को प्रकोप न्यूनीकरण गर्न नेपाल सरकारले २०७६ चैत्र ११ गते बाट नेपाल भर बन्दबन्दी (लकडाउन) को उदघोष गरी २०७७ साउन ७ गतेबाट खुल्ला गरिए पनि पर्यटकीय सेवाका व्यवसायहरुलाई साउन १५ गतेदेखि स्वास्थ्यका आवश्यक सतर्कता अपनाई स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रूपमा पालना गरी व्यवसायहरु सञ्चालन गर्न अनुमति प्राप्त भएकाले होमस्टेहरु संचालन गर्नुहुन अनुरोध गरेको छ ।

भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा विषम परिस्थितिको अवस्थामा सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गर्नु भएकोमा होमस्टे संचालकहरु प्रति आभार व्यक्त गर्दै सुचारु पश्चात पनि आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखी प्राकृतिक प्रकोप जोखिमबाट सुरक्षित बनी भिडभाड नगरी सेवा सुचारु गर्नु हुन अनुरोध गर्दछौ।

उक्त विज्ञप्तीमा यस विद्यमान अवस्थामा गण्डकी प्रदेश भर सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक होमस्टेहरुबाट प्रदान गरिदै आएका पर्यटकीय सेवा उच्च सतर्कता अपनाई सुचारु गर्नु हुन भिटोफ नेपाल गण्डकी प्रदेश ध्यानकर्षण गराउँदछ ।

TechSansar.com - Technology Navigator website for Nepalese