no comments

पोखराका क्रिसमस मनाउदै आन्तरिक पर्यटक

पोखरा, १० पुष / कोरोनाको सकसबीच पोखरा ‘क्रिसमस’ ले पर्यटकीय क्षेत्र केही चहल पहल भएको छ । अंग्रेजी नयाँवर्षका बेलासम्म आन्तरिक पाहुनाको केही चहलपहल रहनेमा व्यवसायी आशावादी पनि छन् ।

कोरोनाका कारण व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन् । केही विदेशी र स्वदेशी पर्यटकहरु पोखरामा छन् । तिनै पर्यटकका लागि पोखराका होटल तथा रेस्टुरेण्टहरु सजिएका छन् ।

क्रिसमसलाई रंगीन बनाउन केही मात्रामा भए पनि आफ्नो व्यवसाय सजाएका छन् । विभिन्न सांगितीक समुहले सिमित ठाउँमा प्रस्तुती दिएका छन् ।

रेस्टुरेन्ट चल्तीका ठुला रेस्टुरेन्टले क्रिसमसलाई केही मनोरम बनाउन सिमित गतिविधि आयोजना गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese