no comments

घरेलु टोली पोखरा सुपर जनरल टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा

पोखरा, २० फागुन/ आयोजक टिम पोखरा सुपर जनरल अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ‘क’ को अन्तिम खेलमा बालुवाटर क्रिकेट क्लव काठमाण्डौलाई ४ विकेटले पराजित गर्दै पोखराले अन्तिम चारमा स्थान सुरक्षित पारेको हो ।

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा जित निकाल्दै ४ अंक सहित समुहमा दोश्रो स्थानमा रहेर पोखरा सेमिफाइनलमा पुगेको हो ।

खेलमा टस जितर व्याटिङ गरेको बालुवाटारले सोनु तामाङ्गको विस्फोटक पारीमा १ सय २५ रन जोडेको थियो । १९ बलको समाना गरेको सोनुले ४ छक्का र २ चौका प्रहार गर्दै ३७ रन जोडेका थिए । पारस रावलले पनि ३४ रनको पारी खेले ।

१ सय २६ रनको लक्ष्य पछ्याएको पोखराका लागि विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच विधान श्रेष्ठले ४७ रनको महत्वपूर्ण पारी खेले । श्रेष्ठले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै रिजन प्रजुले २७ रन जोडेर टोलीलाई जिततर्फ अग्रसर पारेका थिए भने शुरुवाती व्याट्स्म्यान प्रविण ढकालले १५ रन बनाएका थिए । बालुवाटारका बलर सोनु तामाङ्गले ३ विकेट लिए ।

पोखराका बलरहरु लालबहादुर अधिकारीले र किरण पौडेल २/२ तथा दिपेश खत्री र गोविन्द प्रधानले १÷१ विकेट लिन सफल भएका थिए । म्यान अफ द म्याच श्रेष्ठलाई प्रतियोगिताको मिडिया पार्टन आदर्श नेपाल दैनिकका प्रधान सम्पादक विनोद लामिछानेले पुरस्कार प्रदान गरेका थिए ।

यसैविच बिहीबारदेखि समुह ‘बि’ तर्फको खेल शुरु भएको छ । पहिलो खेलमा पेलिक्याण्ट्स क्रिकेट क्लव तनहुँले बाग्लुङ्ग क्रिकेट क्लवलाई ८ विकेटले पराजित गरेको छ ।

पहिला व्याटिङ्ग गरेको बाग्लुङ्गले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्रै ४९ रन बनाएको थियो । ५० रनको लक्ष्य तनहुँले ५ ओभरमै २ विकेटको क्षतिमा पुरा ग¥यो । खेलमा ४ विकेट लिएका तनहुँका कमल थापा म्यान अफ द म्याच भए ।

TechSansar.com - Technology Navigator website for Nepalese