no comments

तनहुँद्वारा स्याङजा ११ रनले पराजित

पोखरा, ४ पुष / गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङजालाई ११ रनले पराजित गरेको छ ।

टस जितेको स्याङजाले फिल्डीङ रोजेपछि व्याटिङ्गमा उत्रिएको तनहुँले १ सय ४० रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो ।

तनहुँका लागि समिर कँडेलले २६ र करुण सिरमलाले १७ रन जोडे । स्याङजाको बलिङ्गमा अशोक श्रेष्ठ र सुरज गुरुङ्गले तीन तीन विकेट लिए भने विष्णु पाण्डेले दुई तथा मिलन लुइटेल र सुजन गौतमले एक एक विकेट लिए ।

जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङजाले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

स्याङजाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रन जोडे । तनहुँको बलिङ्गमा करुण सिरमला, राजु गुरुङ्ग र चन्द्रकान्त पौडेलले दुई दुई विकेट लिए । विनय भण्डारीले एक विकेट लिए ।

ब्याटिङ्गतर्फ १७ रन तथा बलिङ्गतर्फ २ विकेट लिएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच भए । उनलाई तनुहँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ बिच खेल हुनेछ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese