no comments

आहा रारा गोल्डकपको खेलतालिका सार्वजनीक, उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्ने

पोखरा, १९ चैत / सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।
 
आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै १९ औ संस्करणको उद्घाटन खेलमा आयोजक र एपीएफले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
 
चैत २१ देखी २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको दोस्रो खेला मछिन्द्र क्बल र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन बिच हुनेछ ।
 
चैत २३ गते संकटा क्बल र नेपाल आयल निगम मनाङ मस्र्याङ्गदी क्लब बिच हुनेछ । त्यसै गरी चैत २४ गते रुसलान थ्रिस्टार क्लब र नेपाल पुलिस क्लब विच हुने सहारा क्लबका अध्यक्ष केशब थापाले जानकारी दिए ।
 
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेे छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
 
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
 
यस संस्करणमा नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
 
गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिस हराएर उअप्धि जितेको थियो ।
TechSansar.com - Technology Navigator website for Nepalese