no comments

मुख्यमन्त्री कप भलिबलमाः पर्वत, तनहुँ र म्याग्दीको दुवै टोली सेमिफाइनलमा

पोखरा, ६ फागुन/ पोखरामा जारी मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तर्फ म्याग्दी, तनहुँ, पर्वत र कास्की सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यसै गरी पुरुष तर्फ स्याङजा, पर्वत, तनहुँ र म्याग्दी सेमिफाइनलमा प्रबेश गरे ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो ।

महिला तर्फ म्याग्दीले स्याङजामाथि २५–५, २८–२६ को सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । त्यसैगरी तनहँुले पनि हिमालपारीको जिल्ला मुस्ताङलाई सोझो सेटमा पराजित गर्ने क्रममा २५–८, २५–९ को नजिता निकाल्यो ।

पर्वतले नवलपुरमाथि पनि सोझै सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । पहिलो सेट २५–८, २५–५ को सेटमा पराजित गरेको थियो ।

कास्कीले बाग्लुङमाथि कठिन जित निकाल्यो । पहिलो सेट १९–२५ मा गुमाएको कास्कीले दोस्रो र तेस्रो सेट भने आफनो पक्षमा पार्दै अन्तिम चार ढुक्क बनायो । दोस्रो सेट २५–२३ मा लिएको थियो । अन्तिम सेट भने २५–१८ ले लिद सेमीफाईनल सुरक्षित बनाएको थियो ।

बिहीबार भएको प्रतिस्पर्धामा स्याङजाले बाग्लुङलाई २५–२० र दोस्रो सेट २७–२५ ले पराजित गर्दै सेमीफाईनल प्रवेश गर्यो । त्यसैगरी म्याग्दीले कास्कीमाथि २५–१९, २५–१२ को सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो ।

नवलपुरमाथि तनहुँले २५–१८, २५–२०ले पराजित गरेको थियो । पर्वतले भने वाक ओभर पाउँदै अन्तिम चारमा सुरक्षित रह्यो । गोरखाको अनुपस्थितिमा पर्वत भाग्यमानी बन्यो ।

TechSansar.com - Technology Navigator website for Nepalese