no comments

पोखरामा ६ जना सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना, नेपाली सेनाका १६ जना

पोखरा, २८ भदौ / गण्डकी प्रदेशमा आइतबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा लमजुङका २७ जना, कास्कीका ६ जना, स्याङजाका ५, गोरखाका ७ जना, तनहुँका ६ जना र नवलपुरका १४ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा ४ जना महिला र २ जना पुरुष, लमजुङको सुन्दर बजारका २४ जना पुरुष र २ जना महिला, बेसीशहरका १ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थय निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी तनहुँका ४ पुरुष र २ महिला, गोरखाका ४ जना महिला र ३ जना पुरुष, नवपुरका ७ जना पुरुष र ७ जना महिला, स्याङजाका ४ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए । पोखरा १६ कि महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुने भने दुई जना पोखराको मणिपाल अस्पतालका विरामी हुन् ।

त्यसै गरी लम्जुङका १६ जना पुरुष नेपाल आर्मीमा कार्यरत हुन् । पोखरा चार जना फिबर क्लिनिकबाट आएका हुन् । अन्य सबै संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको शर्माले जानकारी दिए । यो सगँ गण्डकीमा २ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ८ सय ६१ जनामा निको भएर घरफर्किएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese