no comments

दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता सोमबार देखी पोखरामा

पोखरा, २४ पुष/ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला/पुरुष भलिवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

शनिबार पोखरा पत्रकार सम्मेलन गरेर पुष २६ गतेबाट राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ५ टिमको सहभागिता रहने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लब, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ ।

आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका प्रचार प्रसार संयोजक रामकृष्ण ज्ञावलीले जानकारी दिए ।

त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले सहभागीता जनाउनले उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने प्रतियोगिताका संयोजक शिव श्रेष्ठले जानकारी दिए । महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०÷१० हजार सहित र ट्रफीद्वारा गरिनेछ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese