no comments

पोखरा विमानस्थलको काम ६८ प्रतिशत काम सम्पन्न, ४० मिटर डाडाँ काट्नु पर्ने

पोखरा, २५ पुष / निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल पोखरा विमानस्थलको ६८ प्रतिशत काम सकिएको छ । ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

कोरोनाका कारण काम चिनिमा नै रोकिएका चिनिया प्राविधिकहरु केही दिन पहिले आए पछि विमानस्थल निमार्णका कामले अझ तिब्रता पाएको विमास्थल आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानको काम चलिरहेको विमानस्थल आयोजना उपप्रबन्धक इञ्जिनियर कृष्ण पौडेलले जानकारी दिए ।

पोखरा विमानस्थल

पोखरा विमानस्थल

सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएका छन् ।

विमानस्थलको हाल दुई हजार ५ सय मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत पुर्वाधार निर्माण कार्य सम्पन्न भएका छन् । यसको फिनिसिङको काम बाँकी छ ।

विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम बाँकी छ । विमानस्थल बनेपछि अप्ठेरो पर्ने भन्दै पोखरा लेखनाथको रिठेपानीमा रहेको डाडाँ काट्ने प्रक्रिया सुरु भएको पौडेलले बताए । उनले उक्त डाडाँ ४० मिटर काट्नु पर्ने उनले सुनाए ।

प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम शुरु हुनेछ ।

प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जानकारी दिएको छ । करीब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करीब २२ अर्ब हुने प्राधिकरणले जानकारी दिएको छ ।

चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जानकारी दिइएको छ ।

विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ । विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर जहाज र चार ट्वीनअटर जहाज गरी ११ वटा जहाज पार्किङ गर्न सकिने क्षमता छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese