no comments

पोखरामा ६० सहित गण्डकीमा थप ९८ जनामा कोरोना संक्रमण, पोखरा थप एक जनाको मृत्यु

पोखरा, १४ कात्तिक / गण्डकी प्रदेशमा शुक्रबार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका ६० जना, नवलपुरका २२ जना, लमजुङका २, तनहुँका ८ जना, स्याङजाका ३ जना, पर्वतका १ जना र गोरखाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सगँ गण्डकी प्रदेशमा ७ हजार १ सय ४५ जनामा पुगेका छन् ।

पोखरामा थप एक जनाको मृत्यु भएको छ । बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको अस्पतालले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

अहिले सम्म ४ हजार १ सय ४६ जनामा निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese