no comments

पोखराको न्यूरोडमा टेक्स्टुडियो

पोखरा, ८ माघ/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ ।

विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेको शुभकामना दिए ।

युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए ।

उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य उत्पादनसँग तुलना गर्न सकुन् भन्ने विश्वास लिइएको जोशीले बताए ।

स्टोरमा हाइफ्युचर, एक्यूफिट, रिम्याक्स, होको र विबु ब्राण्डका इलेक्ट्रोनिक सामानहरु पाइनेछ । उद्घाटनका अवसरमा सामान खरीदमा नगद छुट र उपहारहरुको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese