no comments

टान पोखराले पर्यटन मजदुरलाई खाद्यान्न सहयोग

पोखरा, २६ जेठ/ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले बुधबार पर्यटन मजदुरलाई खाद्यान्न बितरण गरेको छ ।

कोरोना सङ्क्रमणका कारण पर्यटन व्यवसाय ठप्प हुँदा बेरोजगार बनेका पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत पर्यटन गाइड र सहयोगीहरूलाई राहतमा चामल, दाल, चना, केराउ, नुन, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।

राहत सामग्री बितरणका लागि कर्मा प्लाईट्स फाउन्डेसन नेपालको साझेदारी र नेपाल पर्यटन बोर्डको सहयोग रहेको टान पोखराका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

कोरोना संक्रमण नियन्त्रण गर्न पहिलो लकडाउन देखि नै बेरोजगार बनेका मजदुर दोस्रो लकडाउनपछि थप समस्यामा परेका थिए । यसैले देशका विभिन्न सहर र गाउँबाट रोजगारीकालागि पोखरा आएर पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत १३० जना पर्यटन मजदुरलाई राहत सामाग्री बितरण गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सघं पोखराका अध्यक्ष शुसीलराज पौडेलले बताए ।

पर्यटन क्षेत्रका दक्ष मजदुर पलायन हुनबाट रोक्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरोकार निकायले आवश्यक सहयोग गर्नु पर्ने पौडेलले बताएका छन् । राहत बितरण कार्यक्रममा पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले वितरण गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese