no comments

पत्रकार महासंघ कास्कीको साधारण सभा, ९ पत्रकार सम्मानित

पोखरा, २ माघ / नेपाल पत्रकार महासंघ कास्कीको शुक्रबार भएको १५ औं साधारण सभाको अवसरमा ९ पत्रकार सम्मानित भएका छन् ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष अग्रज पत्रकार नारायण कार्की कीर्ति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, दोषल्ला र ताम्रपत्रले सम्मानित भए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । उनले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, दोषल्ला र ताम्रपत्रले सम्मानित भए ।

त्यस्तै, २५ हजार राशीको गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार २०७७ बाट भरत कोइराला, २० हजार राशीको टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७६ बाट कमल पौडेल (अथक), २० हजार राशीको आर्थिक पत्रकारिता पुरस्कारबाट गोविन्द सुवेदी र २० हजार राशीको मीना सृजनशिल पत्रकारिता पुरस्कार २०७६ बाट रोशनी गुरुङ सम्मानित भए ।

त्यसै गरी २० हजार राशीकै टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७७ बाट मोतीसागर अधिकारी, ११ हजार १ सय ११ रुपैयाँ राशीको जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी र ११ हजार १ सय ११ रुपैयाँ राशीको जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७७ बाट भीमबहादुर थापा सम्मानित भएको छ ।

पत्रकार महासंघ कास्कीका सदस्य कृष्ण दवाडी महासंघको उत्कृष्ट सदस्य घोषित भएका छन् । उनलाई नगद १० हजारसहित सम्मान गरिएको छ भने महासंघका कार्यालय सचिव जगत कार्की दीर्घ सेवा सम्मानबाट नगद १० हजार सम्मानित गरिएको छ ।

सम्मानित सबैलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese