no comments

स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

पोखरा, १८ माघ/ स्याङ्जामा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ५ की सेती कमिनीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाउँपालिकाको वसन्तडाँडास्थित घर भएकी ६४ वर्षीया महिलाको शनिबार दिउँसो घाँस काट्न निस्केकी थिइन् ।

उनको लडेको अवस्थामा खोल्सामा आइतबार शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु न्यौपानेले जानकारी दिए ।

घाँस काट्न गएकी सेती राति सम्मपनि नफर्केपछि उनको खोजतलास गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese