no comments

सांसद सुर्यबहादु केसीको निधन

पोखरा, १८ कात्तिक / प्रतिनिधि सभाका सदस्य सुर्यबहादु केसीको निधन भएको छ । सोमबार राति घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ ।

३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् । ६३ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । नेपाली काग्रेसका आमन्त्रीत सदस्य हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese