no comments

सुकेटारलाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गरिने

पोखरा, १५ जेठ/ सरकारले सुकेटार विमानस्थलाई पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने घोषणा गरेको छ ।

आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विमानस्थलको नामाकरण रवीन्द्र अधिकारीको नामबाट गर्ने बताएका छन् ।

त्यस्ते ताप्लेजुङको चुहान डाँडामा निर्माण हुने विमानस्थलको नामाकरण स्वर्गीय आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ । अधिकारी र शेर्पाको २०७५ सालमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अवलोकनका लागि गएको बेला हेलिकप्टर दुर्घटना परि मृत्यु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese