no comments

भ्रष्टचार र कमीसनतन्त्र अन्त्य गर्नुहोस – प्रदेश प्रमुख शेरचन

पोखरा – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघीयताको मूल मर्म अनुसार जनताको मुहार फेर्ने महत्वपुर्ण जिम्मेवारी स्थानिय तहको भएको वताएका छन् । जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्लाा सभालाई सोमवार सम्वोधन गर्दै प्रदेश प्रमुख शेरचनले जनतासँग प्रतक्ष जोडिने स्थानीय तहलाई जनताको समस्यादेखि समाधानपनि थाहा हुने भएकाले जनतको मुहार फेर्न स्थानिय तहकै भूमिका महत्वपूर्ण हुने वताएका हुन् ।

उनले स्थानिय तहका प्रमुख तथा उपप्रमुखलाई व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दा माथि उठेर देश र जनताका लागि काम गर्न आग्रह गरे । देशको विकास र समृद्धिका लागि स्थानिय तहले भूमिका खेल्नुपर्ने उनको भनाई छ । प्रदेश प्रमुख शेरचनले भने,‘अहिले व्यक्तिगत स्वार्थ र महत्वकांक्षामा नरुमल्लिनुस । अहिले जनताको लागि काम गर्नुहोस, भोलि जनता तपाईंलाई खोज्दै आउँछन् ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि २ कुरा अनिवार्य पालना गर्नुपर्ने भन्दै उनले भने,‘पहिलो भनेको भ्रष्टाचार र कमिसन तन्त्रको अन्त्य गर्नुपर्छ, अनि दोश्रो भनेको राष्ट्रिय उद्योगको स्थापना ।’ राष्ट्रिय उद्योग नाम मात्रको नभई स्वदेशी कच्चा पदार्थको उपयोग गर्ने खालको हुनुपर्नेमा उनको जोड थियो ।

प्रदेश प्रमुख शेरचनले देशलाई अप्ठेरोमा पार्ने प्रयास अन्र्तराष्ट्रिय समुदायबाट भइरहेको बताए । तर उनले कुन देश वा समुदायबाट त्यस्तो प्रयास भइरहेको हो भन्नेबारेमा खुलाएनन् । उनले भने,‘राष्ट्रियता बडो अप्ठेरो अवस्थामा छ, राष्ट्रलाई खुम्च्याउने र स्वाभिमानलाई गिराउने प्रपञ्च भइरहेको छ, त्यसैले तपार्ईं युवाहरु चनाखो हुनुस र बलिदानका लागि तयार हुनुस् ।’

प्रतिनिधि सभाका सदस्य विद्या भट्टराई अधिकारीले विकास र समृद्धिको सपना पूरा गर्नका लागि संघ, प्रदेश र स्थानिय तहबीच सहकार्य, समन्वय र सौहार्दता आवश्यक रहेकोमा जोड दिईन् ।यस अघि जिल्लाा समन्वय समिति कास्कीका प्रमुख एवं कार्यक्रमका सभापति वैनवहादुर क्षत्रीले आर्थिक वर्ष २०७७÷०७८का लागी जिल्ला सभाको वैठक व्यवस्थापन तथा संचालन, सामाजीक क्षेत्र, विकास निर्माण तथा अन्य निति निर्माण सम्वन्धमा कास्की जिल्ला सभाको नीति तथा कार्यक्रम प्रस्ुतुत गरेका थिए ।

पालिकाहरुको तर्फबाट बोल्दै माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले कोभिडका बाबजुदपनि स्थानिय तहले उल्लेख्य कार्य गरिरहेको बताए ।कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जनतासँग सामिप्यता हुँदै जनताको मन जित्ने गरि काम गर्न स्थानिय तहहरुलाई सुझाव दिए ।

पूर्व जिल्ला उपसभापति श्रीनाथ बरालले प्रदेशको राजधानी पोखरामा बसपार्कको अभाव खड्किएको बताउँदै चाँडो भन्दा चाँडो महानगर र प्रदेश स्तरिय छुट्टाछुट्टै बसपार्क बनाउन सुझाव दिए ।विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस ९कोभिड–१९०को जोखिमका बीच सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिएको थियो । जिल्ला सभाको उद्घाटन शत्रमा कास्की जिल्लामा पर्ने पोखरा महानगरपालिका र ४ वटा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतहरुले हालसम्मको कार्य प्रगति विवरण पेश गरेका थिए ।कार्यक्रमको संचालन जिल्लाा समजन्वय अधिकारी नवराज वरालले गरेका थिए भने उपप्रमुख सावित्रि भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

TechSansar.com - Technology Navigator website for Nepalese