सप्तरंग साँझ तयारी पूरा
पोखरा, ७ पुष/ देशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ को तयारी पूरा भएको छ । शुक्रबार साँझ पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।
नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको कार्यक्रमको तयारी पूरा भइसकेको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ । मंसिर २४ गतेदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रमको अन्त्य पोखरामा प्रस्तुति दिएसँगै सकिने ग्रिष्मा ब्रोडकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।
सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण ढकाल, रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, मिलन नेवार, अनिल सिंह, अस्मिता अधिकारी, सन्दीप क्षेत्रीको प्रस्तुति रहनेछ । मंसिर २४ देखि देश दौडाहामा निस्केको सप्तरंग टोली विभिन्न प्रदेशमा प्रस्तुति सकेसँगै पोखरा आउन लागेको हो । पोखराको प्रस्तुतिसँगै तेस्रो संस्करणको समापन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको स्थानीय आयोजक पोखराकै बार्दली मिडिया छ । कार्यक्रमको प्रर्वद्धकमा गण्डकी प्रदेश, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा टुरिजम बोर्ड रहेको बार्दली मिडियाका मन क्षेत्रीले जानकारी दिएका छन् । ‘कार्यक्रम निशुल्क भएकाले गीति मनोरञ्जन लिन पैसा तिर्नुपदैन,’ उनले भने ।
त्यस्तै, सहयोगी संस्थामा बेकन एजुकेसन, भिबोन फर्निचर, मेडिप्लस अस्पताल, पोखरा बस व्यवसायी प्रालि, पृथ्वी बस व्यवसायी प्रालि, कफी घर, कस्मिक कम्प्युटर, परिचय एडभर्टाइजिङ, एसके साउन्ड, होटल तुलिप पोखरा इन, डुंगा रेस्टरेन्ट र नर्थ बिच रेस्टुरेन्ट छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायत विभिन्न मन्त्रालय मन्त्री, पोखरा महानगर कार्यवाहक उपप्रमुख, प्रदेश प्रहरी प्रमुख लगायतको सहभागिता रहने स्थानीय आयोजक बार्दली मिडियाका क्षेत्रीले जानकारी दिएका छन् ।