no comments

कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आबश्यक – सांसद बिद्या भट्टराई

पोखरा, ६ जेठ/  कास्की निर्बाचन क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारिले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आबश्यक भएको बताउनु भएको छ।

उहाँले अहिलेको परिस्थितिमा सरकार हर तरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानबिय क्षति कम गर्न लागि परेको अबस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालना सहित आ – आफ्नो ठाउँमा लागि पर्न समेत हार्दिक आबहान गर्नु भएको छ। भट्टराईले बिहिबार एक प्रेस नोट जारी गर्दै सो कुरा बताउनु भएको हो।

उहाँले कोरोना भाइरसको दोश्रो लहर भारतसँगै नेपालमा तिब्ररूप लिएको छ । रोकथामको लागि नेपाल सरकारले उच्च जोखिम क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ । उक्त निषेधाज्ञाले हाम्रो जनजिवन कष्टकर भएपनि कोरोना नियन्त्रणको लागि यसलाई पूर्णतः पालना गर्नुपर्ने बाध्यतामा हामी छौं । “ प्रेस नोटमा उल्लेख्य गर्नु भएको छ।

उहाँले कोरोना नियन्त्रणको लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की क्षेत्र नं २ अन्तर्गत वडा नं २१ स्थित कृष्ती नाच्ने चौरमा रहेको स्वास्थ्य केन्द्रमा ५ बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र संचालनमा ल्याउनका लागि वडाको नेतृत्वमा स्थानिय सामाजिक अभियन्ताहरुको सक्रियता र सर्वदलिय समझदारी सहित सञ्चालनका लागि अन्तिम चरणमा पुगेको,पोखरा महानगरपालिका वडा नं १६ स्थित मातृ शिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिसकिएको साथै प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आई सी यु बेड स्थापना गर्ने कार्य अगाडी बढेको,यसै गरी साविकको लेखनाथ नगरपालिकाको कार्यालय र साविक वार्ड नं २७ को भवनलाई १०० शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरि करिब २ हप्तामा सन्चालनमा ल्याउने तयारिका साथ प्रक्रिया अगाडि बढाइएको

पोखरा महानगर वडा न ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको जानकारी दिनु भएको छ। स्थानीय सरकार र जनप्रतिनिधिहरू प्रत्यक्ष र जवाफदेहीपूर्ण भूमिका सहित सक्रियताका साथ महामारी नियन्त्रणमा जुटिरहनु भएको भन्दै साम्सद भट्टराईले वहाँहरु सबै प्रति कृतज्ञता सहित आभार प्रकट गर्नु भएको छ। आफ्नो जिवनको प्रवाह नगरि संक्रमितहरुको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिहरुलाइ उच्च सम्मान गर्दै वहाँहरूको सहयोग र सेवाका लागि आभार ब्यक्त गर्दछु । सुरक्षा कर्मिहरु महामारीको नियन्त्रणमा आफ्नो दायित्व निर्वाह गर्दै खटिरहनु भएको छ ।

संचारकर्मीहरु महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नका लागि महामारी संग जुध्दै कर्मक्षेत्रमा क्रियाशील हुनुहुन्छ। सबै प्रति उच्च सम्मान ब्यक्त गर्दछु । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिमाञ्चल क्षेत्रीय अस्पताल० बाट समग्र गण्डकी प्रदेशका कोरोना संक्रमित सबै बिरामीहरूलाई निशुल्क उपचार सेवा प्रवाह भइरहेको छ । यति हुँदाहुँदै पनि महामारीको अवस्थामा सिमित साधन स्रोतका कारण हामी चुनौतिको सामना गर्दै यसका विरुद्ध लडिरहेका छौं ।

स्वास्थ्य मापदण्डको पालना गरी उच्च सतर्कताका साथ महामारीका विरुद्ध हामी सबै एकताबद्ध हुनु पर्ने आजको आवश्यकतालाई सबैले मनन् गरौं । अहिलेको परिस्थितिमा सरकार हर तरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानबिय क्षति कम गर्न लागि परेको अबस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालना सहित आ – आफ्नो ठाउँमा लागि पर्न समेत हार्दिक आबहान गर्दछु।

कोभिडका सककक्रमणबाट दिबङ्गत हुनु भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्दछु । कोरोनाबाट संक्रमित सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु प्रेस नोटमा उल्लेख छ। आफ्नो क्षेत्रका जनताहरु उपचारको अभावमा प्रताडित हुन नपरोस भन्दै साम्सद भट्टराईले कुनै पनि अफ्ट्यारो परेमा आफू र स्वकिय सचिवलाई फोन न ९८४१५४९४२८÷९८४६२६१५३९मा सम्पर्क गर्न को लागि समेत अनुरोध भएको छ।

TechSansar.com - Technology Navigator website for Nepalese