no comments

विश्व शान्ति स्तूप पोखराको उत्तममान बुद्धाचार्य चयन

पोखरा, २८ भदौ / विश्व शान्ति स्तूप, अनदू, मिनथुम्की, पोखराको ११ औ बार्षिक साधारण सभा तथा पाँचौै अधिवेशनले उत्तममान बुद्धाचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १० सदस्य निर्वाचित गरेको छ भने अध्यक्षबाट दुई जना सदस्य मनोनीत गरि १३ जनाको कार्य कारिणी समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा अशोक गुरूङ, सचिव प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुध्दाचार्य, सह–सचिव चमबहादुर गुरूङ र सह कोषाध्यक्ष अनिल रत्न बुध्दाचार्य चयन भएका छन् । सदस्यहरूमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरूङ, दुर्गा बहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ रहेका छन् ।

प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहनुभएको निर्वाचन समितिमा सदस्यहरू क्या. भुवन सिं गुरूङ र सूबेदार यम बहादुर गुरूङ रहेका थिए । निर्वाचन संयोजक प्रकाशमान गुभाजूले नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई खादा लगाएर शुभकामना दिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष शंकर गुरूङले नयाँ कार्यसमितिलाई शुभकामनाका सुझाव ब्यक्त गरे । नवनिर्वाचित अध्यक्ष उत्तममान बुध्दाचार्यले स्तूप विकासको लागि आफ्नो प्रतिबध्दता जाहेर गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

साधारणसभाको विश्वशान्ति स्तुप समिति निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले घेरूवामा दिप प्रज्वलन गरि कार्यक्रम उदघाटन गरेका थिए ।

शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुध्दाचार्यले स्वागत मन्तब्य, सचिव अशोक गुरूङले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुध्दाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । धर्मशीला बुध्द विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकारले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

वि. सं. २०३० भाद्र २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक श्रध्देय फूजी गुरूजी श्रध्देय अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीन बहादुर गुरूङले विश्व शान्ति स्तूपको शिलान्यास गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese