no comments

कास्की ट्राफिक कार्यालय भवनको मन्त्री र डिआईजि द्धारा अबलोकन

पोखरा, ८ साउन / जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवर्निमाणाधिन भवनको अबलोकन गरिएको छ । गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान,गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले संयुक्त रुपमा अबलोकन गर्नुभएको हो ।

पोखराको पृथ्वीचोकमा र्निमाण गर्न लागिएको भवन अहिले अन्तिम चरणमा पुगेको छ । दुई करोड लागतमा र्निमाण सम्पन्न हुन लागेको भवन र्निमाणका लागि नागरीक स्तरबाट थालनी गरिएको हो । तत्कालिन नगरबिकास समिति द्धारा जग्गा उपलब्ध भएपछि समाजसेवी तथा ब्यबशायि दिलिप श्रेष्ठको नेतृत्वमा र्निमाण समिती बनाएर काम सुरु गरिएको थियो ।

अहिले ट्राफिक प्रहरी कार्यालय बसेको भवन जिर्ण बन्दै गएको छ भने आबासको लागि पनि समस्या भएको छ ।
प्रहरीहरु पानि चुहिने भवनमा बसीरहेको अबस्थामा सुबिधासम्पन्न भवन र्निमाण गर्ने प्रयत्न रहेको र्निमाण समितिका संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

भवन र्निमाणका लागि पोखरा महानगरपालिका लगायत बिभिन्न ब्याक्तिहरुले सहयोग गरेको र्निमाण समितिका सल्लाहकार शिब बस्ताकोटी सो अबसरमा जानकारी दिनुभयो । र्निमाण सम्पन्न हुन अझै केही रकम अभाव भएको र यसका लागि सहयोगको अपेक्षा रहेको सदस्य सचिव शिब थापाले जानकारी दिनुभयो ।

भवन र्निमाणस्थलको अबलोकन पछि आन्तरीक मामिला तथा कानुनमन्त्री हरी बहादुर चुमानले प्रदेशले सकेसम्मको आर्थिक सहयोग गर्ने बताउनु भयो । प्रदेश सरकार बनेपछि यस्ता कार्यहरुमा केही हदसम्म भएपनि सहयोग गर्ने काममा थप सहजता आएकोले भवन सम्पन्न गर्नका लागि आबस्यक स्रोतको खाजि गर्ने प्रतिबद्धता ब्यक्त गर्नूृभयो ।

आबस्यक पुर्बाधार बिना काममा पनि मनोबल नआउने भएकाले भवन र्निमाणमा खट्ने र सहयोग गर्ने प्रति उहाँले धन्यबाद दिनुभयो । प्रदेश प्रहरी प्रमुख डि.आइ.जि. घनश्याम अर्यालले प्रहरीको मनोबल उच्च राख्ने र आबस्यक पुर्बाधार र्निमाण गर्ने कुरामा आफु सदै सकारात्मक भएको र सोही अनुसार पहल जारी राख्ने बताउनु भयो ।

TechSansar.com - Technology Navigator website for Nepalese