no comments

सेलवेजको शाखा पोखरा शान्तिनगरमा सञ्चालनमा

पोखरा, २१ असोज/ पोखरा ७ शान्तिनगरमा सेलवेजको नयाँ शाखा सञ्चालनमा आएको छ । सेलवेज डिपामेन्टल स्टोर प्रालिले बिहीबार देखी पोखरा ७ शान्तिनगर (बराल पेट्रोल पम्प) सगै शाखा सञ्चालनमा ल्याएको हो । शाखाको सेलवेज गु्रपका अध्यक्ष सुशीलदेव प्रधानाङगले उद्घाटन गरे । शाखामा पहिलो दिन नै ग्राहकको बाक्लो उपस्थिति र कारोबारले आफुहरु उत्साहीत भएको सेलवेज डिपार्टमेन्टल स्टोर गण्डकी प्रदेश प्रमुख दयाल गिरीले बताए ।

शाखा शुभारम्भको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै १० प्रतिशत छुट प्रदान गरिएको गिरीले जानकारी दिए । ग्राहकका लागि निःशुल्क होम डेलिभरीको सुविधा रहेको बताइएको छ । नयाँ शोरुममा भुईं तलामा खाद्य तथा सौन्दर्य सामग्री, पहिलो तलामा इलेक्टोनिक्स तथा घरायसी प्रयोजनका सामाग्री राखीएका छन् । दोस्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु छिटै राखिने उनले बताए ।

पोखरामा शान्तिनगरमा नयाँ सेवा बिस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो । यसको लागत करिब ८ करोडको रहेको छ । स्थानिय उपभोक्ताका लागि तथा लेकसाईडका होटल तथा रेष्टूरेन्टका लागि आवश्यक पर्ने सबै सामग्रीहरु यो शाखामा पाइने गिरिले बताए ।

सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा ७ शान्तिनगर (बराल पेट्रोल पम्प) सगै शाखा विस्तार गरे बिहीबार देखी सेवा विस्तार गर्न लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमूख व्यवस्थापक तयाल गिरीले जानकारी दिए ।

सेलवेज डिपामेन्टल स्टोर प्रालिले पोखरा। भक्तपुर र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ । पोखराको चिप्लेढुङ्गा, लेकसाइड, विरौटा, भद्रकाली र बगरबाट सेवाप्रदानगर्दै आएको छ । त्यसै गरी काठमाडौका सातदोबाटो, सितापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकनथलि, नयाँबत्ति, पेप्सिकोला, मुपानी, मैजुबहाल, ककन, सुकेधारा, हात्तिगौडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवादिदै आएको छ ।

सन् २००४ मा काठमाडौं प्रबेश गरेको सेलवेयज सन् २०१४ बाट सेल्सवेरीको नामबाट पनि सञ्चालनमा आएका छन् । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् । नयाँवर्ष २०७९ देखी काठमाडौंको महाराजगञ्जबाट अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मल सञ्चालनको तयारीमा छ । त्यसै गरी पोखराको लेखनाथबाट नयाँशाखा निकट भविष्यमा सञ्चालन गर्ने योजना छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese