no comments

सेलवेजको २९ औ शाखा पोखराको शान्तिनगरमा

पोखरा, २० असोज/ पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखाबाट सेवा विस्तार गरेको छ । सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा ७ शान्तिनगर (बराल पेट्रोल पम्प) सगै शाखा विस्तार गरे बिहीबार देखी सेवा विस्तार गर्न लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमूख व्यवस्थापक तयाल गिरीले जानकारी दिए ।

सेलवेज डिपामेन्टल स्टोर प्रालिले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ । पोखरामा यो छैटौं शाखा हो भने सेलवेयज र सेल्सवेरी काठमाण्डौको समेत गरेर २९ औ शाखा हो । पोखराको चिप्लेढुङ्गा, लेकसाइड, विरौटा, भद्रकाली र बगरबाट सेवाप्रदानगर्दै आएको छ । शान्तिनगर शाखा सञ्चालनको अवसरमा १० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ भने दैनिक जिवनमा आवश्यक पर्ने खाद्य सामग्रीमा विषेश छुटको व्यवस्था गरीएको गिरीले जानकारी दिए । साथै फ्रि होमडेलीभरको पनि व्यवस्था रहेको बताए ।

पोखराको नयाँ शाखामा करिब ८ करोडको लगानीमा सञ्चालनमा आउन लागेको छ । नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पुर्ण सामानहरु, स्थानीय उपभोक्ताहरुका लागि तथा लेकसाइडका होटल तथा रेष्टुरेष्टका लागि आवश्यक सामग्रीहरु राखीएका छन् । स्टोरको भुईतलामा खाद्य सामग्री तथा सौन्दर्यका लागि छन् भने पहिलो तलामा इलोक्टोनिक सामग्रीहरु घरयासी प्रयोजनका लागि र दोस्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखीएका छन् ।

त्यसै गरी काठमाडौका सातदोबाटो, सितापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकनथलि, नयाँबत्ति, पेप्सिकोला, मुपानी, मैजुबहाल, ककन, सुकेधारा, हात्तिगौडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवादिदै आएको छ ।

सन् २००४ मा काठमाडौं प्रबेश गरेको सेलवेयज सन् २०१४ बाट सेल्सवेरीको नामबाट पनि सञ्चालनमा आएका छन् । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् । नयाँवर्ष २०७९ देखी काठमाडौंको महाराजगञ्जबाट अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मल सञ्चालनको तयारीमा छ । त्यसै गरी पोखराको लेखनाथबाट नयाँशाखा निकट भविष्यमा सञ्चालन गर्ने योजना छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese