no comments

रुपा आँपूखोला बाटो निर्माण, अधिकारीद्धारा उद्घाटन

पोखरा, १८ साउन / रुपा गाउँपालिका वडा नम्बर ६ रुपा आँपूखोला बाटो ढलान भएको छ । गत आर्थिक बर्षको निर्बाचन पूर्वाधार कार्यक्रमबाट प्रदेश सांसद दीपक कोइरालाले २५ लाख बजेट विनियोजन गरेपछि स्थानीयले उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर ढलानबाटो निर्माण गरेका हुन ।

बाटो नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले उद्घाटन गरे । पुर्वमन्त्री समेत रहेका अधिकारीले पार्टी के होला भन्ने बिषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्ने बताए । स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरि कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गर्दे त्यहाँ उत्पादन भएका बस्तु बजार पठाउनुपर्ने बताए ।

गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य पुष्टि गर्नेकाम आँपु खोलाका जनताले गरेको कामबाट पुष्टि भएको बताए । स्थानीय गाउँपालिकाको समन्वयमा बजेट बिनियोजन गरिएको भन्दै कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै विकासका कार्यक्रमले तिब्रता पाइरहेको बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेला जनता संग गरेकाबाचा अनुसार बाटो निर्माण भएको बताए । प्रदेश र संघसंगको सहकार्यले रुपाका जनताको मुहारमा खुशी आउनेगरि काम भएको उनको भनाई छ । अध्यक्ष ओझाले गाउँपालिकाले ६ महिना भित्र रहेका सबै खरको छानो भएका घरमा जस्तापाता राखिने कार्यक्रम अगाडी सारेको बताए ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयका प्रमुख इन्जिनियर किरण आचार्यले आँपुखोलाका जनताले इस्टिमेट भन्दापनि ९० मिटर बढि बाटो बनाएर उदारणीय कार्य गरेको उनको भनाई छ । रुपा गाउँपालिका वडा ६ र ५ लाई जोड् उक्त मोटरबाटो निर्माण पछि गाउँलेको मुहारमा खुशी छाएको आँपूखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले बताए ।

कार्यक्रममा वडानं ६का वडाध्यक्ष नारायण गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र खड्का, कोषाध्यक्ष लक्ष्मी खड्का, सचिव बुद्धिसागर घिमिरे लगायतले बोटोको बारेमा जानकारी दिएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese