no comments

राखेप सदस्य गुरुङले भलिबल खेलाडी सुनारको ३ वर्षको विद्यालय शुल्क तिरिदिने

पोखरा, १२ चैत/ राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले भलिबल खेलाडी विवेक सुनारको विद्यालयमा लाग्ने सबै शुल्क तिरिदिने भएका छन् ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा विहीबारदेखि शुरु भएको तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा खेल्न आएका शान्ता मावि भकुण्डेका भलिबल खेलाडी सुनारको खेल देखेर प्रभावित भएका गुरुङले सुनारको ३ वर्षसम्मको विद्यालय शुल्क तिरिदिने घोषणा गरेका हुन् ।

सुनार शान्ता मावि भकुण्डेमा कक्षा ११ मा अध्ययनरत छन् । सामुदायिक विद्यालय भएकाले मासिक ५ सय रुपैयाँ मात्रै शुल्क विद्यालयले लिने गरेको सुनारले बताएका छन् ।

त्यसका अलावा भर्ना शुल्कलगायत गरेर ३ वर्षको कुल ३६ हजार लाग्ने र सो रकम राखेप सदस्य गुरुङले तिरिदिने प्रतिबद्धता जनाएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । कास्की जिल्ला भलिबल संघले पनि भलिबलका कुशल खेलाडीको पहिचान गरि उनीहरुको अध्ययन खर्च बेहोर्ने नीति लिदै आएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese