no comments

पोखरामा कोरोनाका कारण थप ६ जनाको मृत्यु

पोखरा, १९ कात्तिक / गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जना (कोभिड–१९) कोरोना संक्रमितका कारण मृत्यू भएको छ । पाचँ जना पोखराका हुने भने एक जना तनहुँका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३२ की ४२ वर्षिया महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

उनलाई कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो । मृतक महिलामा मिर्गौला खराब, उच्च रक्तचाप लगायतको समस्या रहेको जनाइएको छ । त्यसै गरी पोखरा २६ का ७३ वर्षिय पुरुषको निधन भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचाररत विहान निधन भएको हो ।

त्यसै गरी कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा २५ का ५२ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । पोखरा १६ का ५९ बर्षीय पुरुषको पनि कोरोना कै कारण मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना पुष्टि भएका उनको चरक मेमोरियल अस्पताल उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का ७० वर्षिय पुरुष मृत्यु भएको छ । उनको पनि पोखराको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जारी जानकारी दिएको छ ।

पोखरा १६ का २८ वर्षिय युवकको पनि कोरोनाले मृत्यु भएको छ । १६ गते कोरोना पुष्टि भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यो सगँ गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese