no comments

कास्कीका पुस्तक व्यबसायीले पुस्तक दिवसमा पुस्तक उपहार

पोखरा, ४ फागुन/ राष्ट्रिय पुस्तक दिवसको उपल्यक्षमा नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ जिल्ला शाखा कास्कीले पोखरा महानगरपालिका९ मा रहेको महेन्द्र मांवि विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सयोग गरेर पुस्तक दिवस मनाएको छ ।

पुस्तक दिवसको अवसरमा हरेक वर्षा मनाउने क्रममा महासंघ जिल्ला शाखा कास्कीले यो वर्षा उक्त विद्यालयमा अध्यनरतविद्यार्थीहरुलाई स्टेशनरी सामान तथा विभिन्न पुस्तकहरु तथा विद्यालयलाई विभिन्न खेलकुद सामाग्रीहरु सयोग गरेको हो ।

कार्यक्रममा वोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले हरेक श्रीपन्चमीलाईमहासंघले पुस्तक दिवसको रुपमा मनाउदै आएकोले जिल्ला शाखा कास्कीले पनि मनाएकोमा खुशी प्रकट गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सल्लाहकार समितिका सभापति प्रेम वहादुर श्रेष्ठले कास्कीका पुस्तक व्यवसायी साथीहरूले पुस्तक सामाग्री संकलन गरेरविधार्थीहरूलाई हस्तान्त्रण गरेकोमा खुशी प्रकट गरे ।

जिल्ला शाखा कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ व्यवसायीका हरेक सुखदुःखमा सगसगै रहेको बताउदै पुस्तक दिवसको अवसरमा विधार्थीहरूलाई शैक्षिक सामाग्री सयोग गर्न पाएकोमा खुशी प्रकट गरे ।

कार्यक्रममा महेन्द्र मावि ब्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य शिवराजबास्तोला विधालयका प्रअ रामदत पौडेल महांसघका केन्द्रिय सदस्य शकुन्तला शर्मा लगाएतले बोलेका थिए ।

उक्त कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले आफ्ना सदस्यहरूको लागी गरेको दुर्घटना बिमा अन्तरगतहालै दुर्घटनाबाट निधन भएका ए थ्रि स्टेशनरी पावरहाउस लेखनाथका व्यवसायी स्वर्गीय भीमसेन कुँवरका छोरा अभिजित कुँवरलाई रूएक लाखको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ जिल्ला शाखा कास्कीका प्रथम उपाध्यक्ष बैकुण्ठ पौडेलले स्वागत गरेका थिएभने सचिव गोविन्द गौतमले कार्यक्रम सन्चालन गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese