no comments

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा १ को मृत्यु, १ घाइते

पोखरा, ८ मंसिर / पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

पोखरा १८ सराङकोटबाट दिउँसो टेण्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्याराग्लाइडिङ पोखरा १८ खपौदी भन्दा केही माथी दुर्घटना भएको हो ।

दुर्घटनामा ३८ वर्षीय प्याराग्लाइडिङ पाइलट राजु नेपालीको मृत्यु भएको छ भने काठमाण्डौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छिन् ।

घाइते शिलाको पोखराको मेट्रोसिटी अस्पताल उपचार पछि थप उपचारका लागि काठमाडौं लगिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमाले जानकारी दिए ।

उनको अवस्था गम्भीर रहेको उनको भनाई छ । ल्याण्डीङका लागि खपौदी आउदै गर्दा माथी डाडाँ मै झरेर दुर्घटनामा परेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese