no comments

पोखरा निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन

पोखरा, ८ माघ/ पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् ।

पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन बनेको उनकी श्रीमति टेकमा बुढामगरले जानकारी दिएकी छन् ।

३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन् ।

‘उहाँको बाइक बिग्रेको थियो । बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ‘३० गते फोनमा पनि कुरा भएको छैन । कहाँ हुनुहुन्छ थाहै छैन ।’

पुस २७ गते पनि आफू बाइक लिएरै फर्किहाल्ने भन्दै पोखरा झरेको श्रीमति टेकमाले जानकारी दिइन् । ‘लुगा धुनुपर्ने छ । म आइहाल्छु भन्नुभाथ्ग्यो,’ उनले भनिन् । श्रीमान हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेकी छन् ।

रोल्पा सुनछहरी गाउँपालिकाबाट २०६९ सालमा ज्यालामजदुरी गर्न मगरको परिवार पोखरा आएको थियो । सम्पर्कविहीन बनेका धनपतिलाई कसैले भेटेमा ९८४८६७५७१२ मा जानकारी दिन पनि परिवारले आग्रह गरेको छ । धनपति हराएको बारे परिवारले प्रहरीलाईसमेत जानकारी दिइसकेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese