no comments

पोखरामा १२ गते सम्म निषेधाज्ञा थप गर्न महानगरको सिफारीस

पोखरा, ७ भदौ / पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिको विश्लेषण गर्दै आइतबार बिहान बसेको कोरोना रोकथाम मूल समितिको बैठकले भदौ १२ गते सम्म निषेधाज्ञा थप गर्ने जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

पोखरामा कोरोनाको संक्रमण बढ्दै गएपछि भदौ ३ गते राति १२ बजेबाट भदौ ७ गते राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

पोखरामा कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्न निषेधाज्ञा थप गर्ने निर्णय गरेको बैठकले गरेको बैठकमा सहभागी एकले बताए ।

१२ गते पछि विस्तारै खुकुल्लो गर्दै लैजाने तयारी रहेको उनले बताए । पोखरा महानगरपालिकाले सिफारी गरेको पत्र जिल्ला प्रशासन कार्यालय कास्की पुगेपछि जिल्ला संकट व्यवस्थपान समिति कास्कीले निषेधाज्ञाको निर्णय गर्ने छ ।

TechSansar.com - Technology Navigator website for Nepalese