no comments

पोखरामा मोटरसाइकल दुर्घटना

पोखरा, १७ साउन / पोखरा महानगरपालिका ३२ तल्लो गगनगौंडा स्थित पृथ्वी राजमार्गमा मोटरसाईकल दुर्घटना भएको छ ।

ग १३ प ८६५७ नम्रबको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको खाल्डोमा खसेको थियो । दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारा बस्ने वर्ष २८ बर्षिय संजिप बराल घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उनको उपचार गण्डकी मेडिकल कलेज पोखरा भईरहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese