no comments

गण्डकी प्रदेशमा एकै दिन १ सय ६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

पोखरा, १८ असोज / गण्डकी प्रदेशमा आइतबार एकै दिन १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपुरमा १ सय जना, बाग्लुङमा १८ जना, तनहुँमा २७ जना, गोरखामा २ जना, लमजुङमा ६ जना, कास्कीमा ३ जना र स्याङजामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा एकै दिन यती धेरै जनाको देखिएको पहिलो पटक हो । यो सँगै गण्डकी प्रदेशमा ४ हजार १ सय ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार नवलपुर जिल्ला, विनय त्रिवेणी गाउँपालिका २ दुम्किबासका ३६ वर्षीय पुरुषको निधन भएको छ । खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या भई भरतपुर अस्पतालको आइसियुमा भर्ना भएका थिए ।

असोज १३ गते कोभिड १९ संक्रमण पुष्टि भई आइसोलेसनमा बस्दै आएका थिए । उनको लामो समय देखि मुटु र कलेजोको उपचार गराईरहेका थिए ।

उनको कोरोना संक्रमणको कारणले निधन भएको जानकारी भरतपुर अस्पतालले दिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese