no comments

पोखरामा बसमा युवक मृत फेला

पोखरा, ९ मंसीर / पोखराको पृथ्वीचोक स्थित बसपार्कमा एक बस भित्र एक युवक मृत अवस्थामा भेटिएका छन् ।

काँकडभिट्टाबाट पोखरा बसमा आएका बाग्लुङका २८ वर्षीय दिवस केसी बसको हिड्ने गल्लीमा मृत भेटिएका हुन् ।

उनी बसमा ढलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese