no comments

पोखराको वायु प्रदूषणमा सुधार, खुल्यो पोखरा

पोखरा, ४ बैशाख/ केही दिन देखी पोखरामा वायु प्रदूषण भएका शनिबार साझँबाट सुधार आएको छ । धुँवा र धुलोका कणले भिजिविलिटी कम हुदाँ घामले जमिन देख्न सकेको थिएन । पोखरामा शनिबार हावा हुरी सहित पानी परे पछि पोखराको मौषमा सुधार आएको हो ।

पोखराको मुख्यबजारको मापन देखाउने वायु प्रदुषण मापन उपकरणले पोखरा रत्नचोकको जल तथा मौसम विज्ञान कार्यालयको वायु गुणस्तर सुचकांकले २७ रहेको छ । त्यसै गरी लेखनाथस्थित विश्वविद्यालयमा ७२ र लामाचौरको गण्डकी बोर्डिङको मापनमा ९९ मा वायु गुणस्तर सुचकांक देखाएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयले पोखराका तीन ठाउँमा वायु प्रदुषण मापन उपकरण मापन गर्दै आएको छ । वायु प्रदुषण मापन उपकरण देखाउनले एयर क्वालीटि इन्डेक्स ० देखी ५० सम्म हुनुलाई राम्रो मानिन्छ ।

५१ देखी १०० सम्मलाई सामान्य, १०१ देखी १५० सम्मलाई अस्वस्थ संवेदनशील समुहमा, १५१ देखी २०० सम्मलाई अस्वस्थ, २०१ देखी ३०० सम्म धेरै अस्वस्थ, ३०१ देखी ४०० सम्म खतरनाक र ४०१ देखी ५०० सम्म एयर क्वालीटि इन्डेक्स देखीमा धेरै खतरनाक हुने सरकाले तोकेको मापदण्डमा उल्लेख छ ।

पोखरामा शनिबार दिउसो ३ बजे तिर पानी आएको थियो । त्यसपछि पोखराको मौषममा सुधार आएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese