no comments

लौ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा, १८ माघ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ ।

निगमले प्रेस विज्ञप्ति जारी गरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा हालको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ बढाएको हो ।

बढेको मूल्यअनुसार पेट्रोल प्रति लिटर १४२ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर १२५ रुपैयाँ कायम भएको छ ।
आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढेर ११६ रुपैयाँ कायम भएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर १ सय अमेरिकी डलर वृद्धि गरी प्रति किलोलिटर बिक्री मूल्य १ हजार ९५ अमेरिकी डलर कायम भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese