no comments

पोखरामा सोमबारदेखि कोरोना विरुद्धको खोप दिइने, कहाँ कहाँ लगाउने ?

पोखरा, १० साउन/ पोखरामा साउन ११ गते सोमबार देखि तीन दिन पोखरामा कारोना विरुद्धको खोप दिइने भएको छ । महानगरका सबै स्वास्थ्य केन्द्रबाट खोप दिइने तयारी छ ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना प्रकाशित गरि साउन ११, १२ र १४ गते कोरोना विरुद्धको खोप दिइने जनाएको छ ।

साउन ११ गते भेरोसिल खोप दिइने छ । ११ गते शिक्षक या नागरिकताको प्रमाणपत्रमा जन्म कम्तिमा २०२३ साल उल्लेख भएका नागरिकले खोप पाउनेछन् ।

यस्तै, साउन १२ गते जनसन खोप दिइने स्वास्थ्य महाशाखाले जनाएको छ । १२ गते खोप लगाउनेका लागि नागरिकता एवं उमेर खुल्ने प्रमाणपत्रमा जन्म २०२४ देखि २०२६ उल्लेख भएको हुनुपर्नेछ ।

यसैगरी वैदेशिक रोजगारमा जाने तथा अपांगता भएका व्यक्तिहरुका लागि साउन १२ गते मंगलबार खोप दिइने भएको छ । अपांगता भएका व्यक्तिले जनप्रिय मावि सिमलचौर र वैदेशिक रोजगारमा जानेका लागि अमरसिंह उच्च माविबाट खोप प्रदान गरिनेछ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese