no comments

पोखरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा, ४ माघ / पोखरा–२५ हेम्जाबाट पोखराबजारतर्फ आउँदै गरेको जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा पोखराका दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा ९ जना सवार रहेका थिए ।

बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese