no comments

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा काट्न संसदीय समितिको निर्देशन

काठमाडौं, १३ फागुन/ संसदीय समितिले बन्दै गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकन पछि निर्देशन दिएको हो ।

समस्याको सम्बन्धमा सरोकार वालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिए छ ।

समितिको बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी दिन सम्मे निर्देशन दिएको छ ।

पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले पोखरा महानगरपालिका सँग छलफल गर्ने निर्णय समेत गरेको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese