no comments

पोखरामा थप दुई जनामा कोरोना संक्रमण

पोखरा, ७ भदौ / पोखरा महानगरपालिकामा आइतबार बिहान थप २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सगँ पोखरामा २ सय ६१ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ८५ जना पुगेको छ ।

कास्कीमा अहिले सम्म १ सय ७७ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका १ सय ४ जना आइसोलेसनमा उपचाररत छन् । अहिले सम्म पोखराका दुई जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese