no comments

पोखरा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

पोखरा, ९ असोज / पोखराका विभिन्न अस्पतालमा गरी पछिल्लो दुई दिनमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार विज्ञप्ति जारी गर्दै चार जनाको मृत्यु भएको जानकारी दिएको हो । यो सगँ गण्डकी प्रदेशमा कोरोनाका संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

शनिबार राति पोखरा महानगरपालिका १५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ । उनको शनिबार राति १०ः२० बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनलेलाई कात्तिक ८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी पोखरा महानगरपालिका १ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको स्वास्थ्य निर्देशनालयका डा विनोदविन्दु शर्माले जानकारी दिए । उनको कात्तिक ७ गते बेलुका ७ः४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा दुखद निधन भएको हो । कोभिड १९ सहित न्यूमोनियाको समस्या रहेको उनको कात्तिक ३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी पर्यटन व्यवसायी समेत हुन् ।

त्यसै गरी पोखरा महानगरपालिका २२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार विहान गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड १९ सहित न्यूमोनियाको समस्या रहेका उनको ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी पोखरा महानगरपालिका ३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार मृत्यु भएको छ । दिउसो ४ बजेर २५ मिनेटमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको शर्माले जानकारी दिए । कोभिड १९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेका उनको ७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese