no comments

पोखरा २३ मा एमाले युवा तथा विद्यार्थी भेला

पोखरा, ३ असोज/ नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा नम्बर २३ को युवा तथा विद्यार्थी भेला सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालका कास्कीका युवानेता मिनराज खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश संसद राजिब पहारीले सुखी नेपाली,संबृद्व नेपाल नेपाल निर्माणका लागि सम्पूर्ण युवाहरू तथा विद्यार्थी नेकपा एमालेमा संमाहित हुनुपर्ने र पार्टीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले विकास निर्माणमा एमाले बाहेक अरु पार्टीले कुनै योगदान दिन नसक्ने बताए । उनले एमालेको एकल बहुमत आए मात्र देश संबृद्व हुने र देश विकासको लयमा फर्कने दावी गरे ।

कार्यक्रममा राष्ट्रिय युवासंघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जिसीले अब राष्ट्रिय युवा संघले समाजमा रहेका विकृती र विसंगति र भष्ट्रचारका बिषयमा चुप लागेर नबस्ने त्यसका विरुद्ध कडा प्रतिरोध गर्ने बताए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य दामबहादुर विक , जिल्ला कमिटि सदस्य गिता विक, नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा सभापति चेतबहादुर क्षेत्री, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य युवा नेता शिव अधिकारी, पार्टी नेता शिबलाल पराजुली, पूर्व बिद्यार्थी नेता सुर्य भण्डारी, शिक्षक संगठनका तर्फबाट भक्त केसी, कमल पराजुली, अनेरास्ववियुका केन्द्रीय सदस्य साजन सुवेदी, जिल्ला सदस्य भोलानाथ पराजुली लगाएतले सम्बोधन गरेका थिए ।

भेलाले सन्दिप पराजुलीको नेतृत्वमा ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी , एकराज पराजुली को अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु वडा कमिटी र राजेश घातानेको नेतृत्वमा युथ फोर्स वडा कमिटी गठन गरेको छ ।

कार्यक्रमको अवसरमा यही वर्षात को समयमा पोखरा महानगर वडा नं २३ मा भएको पहिरो बाट घरबार बिहिन बन्न पुगेका राजेश नेपाली र दिल बहादुर नेपालीलाई जनही पाँच पाँच हजार नगद सहयोग प्रदान गरेको थियो । कार्यक्रमको संचालक रघुनाथ लामिछानेले गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese