no comments

पोखरामा १४ जना सहित गण्डकी प्रदेशमा ३८ जनामा कोरोना संक्रमण

पोखरा, १५ साउन / गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण देखीए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

बिहीबार कास्कीमा १४ जना, स्याङजामा ११ जना बागलुङमा ६ जना तनहुँमा ३ जना, लमजुङमा ३ जना र नवलपुरमा १ जनामा कोरोना संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३८ जना संक्रमण देखिएको हो । कास्कीको पोखरा महानगरपालिकामा १४ जना पुरुषमा कोरोना देखिएको हो । त्यसै गरी स्याङजामा एक जना प्रहरीलाई सहित गरेर ११ जनामा कोरोना देखिएको शर्माले जानकारी दिए ।

स्याङजाको विरुवा १ जना, गल्याङका ६ जना पुरुष र १ जना महिला, पुतलीबजार १ जना, भीरकोट १, बाग्लुङको काठेखोला २ जना, बागलुङका १ जना, जैमिनी १ जना, बडिगाडका २ जना, तनहुँको ऋषिङ १ जना, व्यासका २ जना, नवपुरको डेडगाउँका १ जना, लमजुङ बेशीसहरका ३ जनामा कोरोना पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर १ हजार २ सय ३० जना घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा अहिले सम्म ४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese