no comments

पोखरामा १ एक जना सहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना पुष्टि

पोखरा, २२ साउन / गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगँ गण्डकी प्रदेशमा १ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीका ४ जिल्ला गोरखाका ६ जना, नवलपुरका ३ जना र कास्की र पर्वतका १/१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा भएको परीक्षणमा ११ जनामा कोरोना देखिएको हो ।

गोरखाका पालुङटार, सिरानचोक, बारपाक सुलिकोटका एक/एक जना पुरुष र गोरखा नगरपालिकाकी एक महिला, नवलपुरका हुम्सेकोट ३ जना पुरुष, कास्कीको पोखरा महानगरपालिका २२ बर्षिय पुरुष र पर्वतको कुश्मा ३० बर्षिय महिलामा कोरोना देखिएको हो ।

पोखरा महानगरपालिकामा अहिले सम्म १ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना निको भएर घर फर्किएका भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese