पोखरामा थप ३१ जनामा कोरोना संक्रमण, नर्स, अस्तालका विरामी र उद्योगका कर्मचारीमा कोरोना
पोखरा, २२ भदौ / पोखरा महानगरपालिकामा ३१ जना सहित आइतबार बिहान गण्डकी प्रदेशमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा भएको परीक्षणमा कास्कीका ३१ जना, नलपुरका १५ जना, गोरखाका १८ जना र तनहुँका ३ जना गरी ६७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरामा २२ जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पोखरा फूड्स प्रालिमा कार्यरत २५ जना कर्मचारी रहेका छन् भने दुई जना पोखराको मेडीसिटी अस्पतालमा उपचाररत २ जना विरामी हुन् । त्यसै गरी २ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् भने दुई जना महिला सहयोगि कर्मचारी हुन् ।
त्यसै गरी नवलपुरको गैंडाकोटका ६ जना पुरुष र दुई जना महिला, देवचुलीका ५ जना पुरुष र दुई जना महिला, गोरखाको गोरखा नगरपाकिलाका ४ जना पुरुष र दुई जना महिला, पालुङटारका एक महिला र एक पुरुष र तनहुँको व्यासका ४ जनामा पुरुषमा कोरोना संक्रमा पुष्टि भएको शर्माले जानकारी दिए ।
यो सगँ गण्डकी प्रदेशमा २ हजार ५ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीमा अहिले सम्म १ हजार ७ सय ८५ जनामा निको भएर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।